अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते


बाजुरा-बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। बिहीबार बिहान हिमाली गाउँपालिका-५ मा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर हिमाली गाउँपालिका-५ का ७५ वर्षीया बाचा रोकाया र सोही ठाउँका ७५ वर्षीय बिजौरा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु १५ जना घाइते भएका छन्।

स्थानीय क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी जनाएकाे हाे ।