काठमाडौँ-काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
बा.३ ख ४३४५ नम्बरको मिनिट्रक (आईचर)को ठक्करबाट दुई वर्षीया बालिका फुर्वु लामा शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएकाे हाे।
मिनिट्रक चालक भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बस्ने ३६ वर्षीय हरि बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। चालकलाई प्रहरी प्रभाग गोकर्णमा राखिएको प्रहरीले जानकारी दिए ।






प्रतिक्रिया