काठमाडौं-नेकपा एकीकृत समाजवादी नेपाल निकट नेपाल खेलकुद महासंघका उपाध्यक्ष स्वयंभुराज डंगोल नेकपा एमालेमा नै फर्कनुभएको छ। नेता तथा चर्चित खेलाडी डंगोल बिहीवार नेकपा एमालेमा फर्किनु भएको हो। उहाँ समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य पनि हुन्।
मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उहाँलाई पार्टी कार्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेलले आज स्वागत गर्नुभयाे।
स्वागत समारोहमा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, इन्चार्ज हरिकृष्ण ब्यन्जनकारसँगै बाग्मती प्रदेश सभा सदस्य मधुसुदन पौडेल लगायतका जिल्ला स्तरीय नेता पनि सहभागी हुनुहुन्थ्रयाे।
खेलकुद क्षेत्रमा स्थापित डंगोल ललितपुर जिल्लाभर जनताका काममा सदैव अगाडि भन्ने उपमा पाउनु भएको छ।
निश्चित नेतामाथि भएको व्यवहारका नाममा मूल पार्टी एमालेविरुद्धका गतिविधिमा संलग्न हुँदा आफूलाई पछुतो लागेर उक्त पार्टी परित्याग गरेको उहाँले बताउनुभयाे ।
नेकपा एकीकृत समाजवादीमा एमालेले स्वागत गर्दा नफर्कने कोही पनि नेता कार्यकर्ता नरहेको आफ्नो अनुभूति पनि डंगोलले सुनाउनु भयो ।
खेलाडी मात्र नभएर खेलविज्ञ एवं कुशल फोटो पत्रकार समेत रहेका डंंगोल ललितपुर जिल्ला कमिटिमा २०६७ सालदेखि २०७८ सालसम्म जिल्ला कमिटी सदस्यका रुपमा रहेका थिए । खोकनाबासी डंगोल एमाले सम्बद्ध युवा सघमा १२ वर्ष सचिवालय र केन्दिय कमिटी गर्दै युवा संघ प्रचार विभाग प्रमुख समेत रहेका थिए । उहाँ जिल्ला पार्टी प्रचार विभाग प्रमुख पनि रहे ।









प्रतिक्रिया