महोत्तरी-प्रधानमन्त्री केपी शर्मा ओलीबाट महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गर्नुभएको छ। २०८२ साउन ९ गते शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आइपुग्नुभएक प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ।
उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाे उपस्थिति थियो।
कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ । बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो।
काठमाडौंबाट हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गर्नुभएको थियो।
सोही नगरपालिकामा निर्माण भएको प्रसुती गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आजै जनकपुर-कुर्था-सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ। यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्ध्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको पनि अवलोकन गर्नुभएको छ।
नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।




तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल






प्रतिक्रिया