अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्कीद्धारा दिव्य दृष्टि पूजा सामाग्री उत्पादन स्थलको निरिक्षण

मुख्यमन्त्री कार्कीद्धारा दिव्य दृष्टि पूजा सामाग्री उत्पादन स्थलको निरिक्षण


दमक-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा जिल्लाको कमल गाउँपालिका-६ मा अवस्थित दिव्य दृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि अन्तर्गत सञ्चालित दिव्य दृष्टि पूजा सामग्री उद्योगको निरीक्षण गर्नुभएको छ।

उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिन सक्ने धारणा व्यक्त गर्नुभयाे।

मुख्यमन्त्री कार्कीले यस्तो उद्योग प्रदेशको आत्मनिर्भरता र उद्यमशीलताका दृष्टिकोणबाट उदाहरणीय हुने भन्दै संघीय तथा प्रदेश सरकारको तर्फबाट आवश्यक नीति तथा सहकार्यमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले उपस्थित टोलीलाई उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यवसायिक विस्तारबारे जानकारी गराउनुभयाे।

उद्योगका अध्यक्ष पोखरेलले भन्नुभयाे, “दिब्यदृष्टि ब्रान्ड अन्तर्गत हामीले शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पुजा सामग्री उत्पादन गर्दै आएका छौ । धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो उद्देश्य हो।”

अग्र्यानिक बाटेको मच्छडधुप र पुजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० भन्दा बढी महिलाहरुलाई अर्ध रोजगार र १५ जनालाई पूर्ण रोजगार दिएको पोखरेलले सो अवसरमा जानकारी दिनुभयाे।

उद्योगका अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘दिब्यदृष्टि ब्रान्ड अन्तर्गत हामीले शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पुजा सामग्री उत्पादन गर्दै आएका छौ। धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो उद्देश्य हो।’

अग्र्यानिक बाटेको मच्छडधुप र पुजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० भन्दा बढि महिलाहरुलाई अर्ध रोजगार र १५ जनालाई पूर्ण रोजगार दिएको पोखरेलले सो अवसरमा जानकारी दिनुभयाे।

कार्यकारी प्रमुख तिम्सिनाले थप जानकारी दिँदै भन्नुभयाे, ‘हाल उद्योगबाट नवग्रह समिधा, हवन सामग्री, दिब्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पुजा सामग्री उत्पादन भई कोशी प्रदेशकाल सबै जिल्ला सहित काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज बकदाङलगायत देशभर वितरण भइरहेको छ।’

उद्योगले उत्पादनमा स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमशक्तिको प्रोत्साहन, र जैविक उत्पादनको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ। निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको तिम्सिनाले जानकारी दिनुभयाे ।

शुक्रबार भएको निरीक्षण भ्रमणमा मुख्यमन्त्रीसँगै प्रदेशसभा सदस्य, होमबहादुर थापा लगायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।