महोत्तरी-प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको जनकपुर-कुर्था-सम्सी सडकखण्ड रौजास्थित रातुखोलामा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ। साउन ९ गते शुक्रबार दिउँसो महोत्तरी आइपुग्नुभएका प्रधानमन्त्री ओलीले रातुखोलामा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको हो।
उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाे उपस्थिति थियो।
आजै प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गर्नुभएको छ। कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ। बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो।
यसैगरी महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदीमाथिको पुल र वडा-६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताउनुभयो ।
यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।




तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय






प्रतिक्रिया