अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन: प्रधानमन्त्री ओली

राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताउनु भएको छ। आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताउनु भएको हो। 

दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको प्रधानमन्त्री ओलीले स्मरण गराउनुभयो। सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध लागेकै थियो । नेताहरूलाई जेलमा लगेर थुन्ने काम गरेको थियो। सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने भयो। नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध मुद्दा चलायो। यो भन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने ? यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो।’