अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा सूर्यविनायकमा नयाँ रंगशाला बनाउन छलफल

प्रधानमन्त्री ओलीद्वारा सूर्यविनायकमा नयाँ रंगशाला बनाउन छलफल


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्र्नुभएको हो । सो नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ। उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा रहेको छ।
छलफलमा नगरपालिकाका प्रमुुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत हुनुुहुुन्थ्यो ।