काठमाडौं-सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएकाे छ।
सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन्।
यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने छन्। यसैगरी, उहाँ स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।






प्रतिक्रिया