अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं लगायत देशका विभिन्न भागमा वर्षा जारी : दिउँसो यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं लगायत देशका विभिन्न भागमा वर्षा जारी : दिउँसो यी प्रदेशमा भारी वर्षा हुने


काठमाडौं- अहिले विहान देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमिवद् हरिप्रसाद दाहालका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकामा पनि अहिले पानी परिरहेको छ। ‘काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । उपत्यकामा विगत ६ घण्टादेखि वर्षा जारी छ। केही समयपछि बाँकी स्थानमा पनि पानी पर्न रोकिने सम्भावना छ तर दिउँसो र अपराह्न फेरि वर्षा हुने सम्भावना रहेको छ ।
आज दिउसो देशभर साधारणतया बदली ९आकाशमा बादल० रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।