अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग छलफल गर्ने  संघीय संसद्का सचिवालयले जनाएको छ। 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना (आर्थिक वर्ष २०८२/८३-२०८६/८७)को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  बिहान १० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्ने कार्यसूची रहेको छ ।