झापा-झापाको मेचीनगर नगरपालिका-१२ सरेडाँगीमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
इलामबाट चारआलीतर्फ आउँदै गरेको स्कार्पिओ गाडीले आइतबार साँझ पैदल हिँडिरहेका अन्दाजी ४५–४६ वर्षका पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो। तर, साँझ ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि फरार भएका स्कार्पियो चालकलाई खोजतलासका क्रममा राति साँढे १० बजे इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।







प्रतिक्रिया