अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा कोषको आबद्धता धनी बन्न होइन: महान्यायाधिवक्ता बडाल

सामाजिक सुरक्षा कोषको आबद्धता धनी बन्न होइन: महान्यायाधिवक्ता बडाल


काठमाडौँ-महान्यायाधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आबद्धता धनी बन्नका लागि नभएको स्पष्ट पार्नुभएकाे छ। सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत् आबद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानी जस्तो नभएको बताउनु भएकाे हाे।

उहाँले भन्नुभयाे, ‘कतिपय सन्दर्भमा प्रश्न उठ्छ, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा फिर्ता पाउनुपर्छ  भन्ने छ। ‘सामाजिक सुरक्षा कोष’ले कसैलाई धनी बन्न हाेइन। र, यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन। यसको ‘थेम’ यति मात्रै बुझ्दा पनि हुन्छ। यसले कसैलाई धनी चाहिँ बनाउँदैन सोसियल सेक्युरिटीले। बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला। अथवा शेयरमा लगानी गर्छु र स्वाट्टै त्यसको भाउ बढाएर म धनी हुन्छु भन्ने परिकल्पना हामीले गर्‍यौँ भने त्यो चाहिँ गलत हो, त्यो यसबाट सम्भव छैन।’