अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा एमसीसी निरन्तरताको पत्र अर्थ मन्त्रालयमा प्राप्त

नेपालमा एमसीसी निरन्तरताको पत्र अर्थ मन्त्रालयमा प्राप्त


काठमाडौं-नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यक्रमलाई अमेरिकाले निरन्तरता दिएको छ।

अर्थ मन्त्रालयका अनुसार अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को २०८१ चैत २२ गतेको पत्रमा नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन गरिएको उल्लेख गरिएको छ।

तर, एमसीसीको २०२५ जुलाई २४ मा पठाइएको पछिल्लो पत्रमा पुनरावलोकन प्रक्रिया समाप्त भएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको जानकारी अर्थ मन्त्रालयले प्राप्त गरेको छ।

अर्थ मन्त्रालयले यसबारे एक विज्ञप्ति जारी गर्दै नेपाल कम्प्याक्ट निरन्तरताका लागि सिफारिस भएको पुष्टि गरेको छ।