बुटवल-लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले शपथ ग्रहण गराउनु भएकाे हाे। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमबार शपथ ग्रहण गर्नुभएकाे हाे ।
मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे। उहाँले खाली रहेको युवा तथा खेलकुदमन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नुभएकाे थियाे ।







प्रतिक्रिया