सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ। २०८२ साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनु हुने भएको हाे।
सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता लिएको थियो । सो पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो।
यसैबिच, सोमबार बसेको नेपाली काँग्रेसको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीको पक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरेको छ।







प्रतिक्रिया