अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीबाट हराएका भनिएका हायु परिवार पोखरामा भेटिए

सिन्धुलीबाट हराएका भनिएका हायु परिवार पोखरामा भेटिए


पोखरा-सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएका भनिएका हायु परिवारका सदस्यहरू पोखराको गगनगौंडामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौंडामा फेला पारिएको जानकारी दिनुभयाे ।

एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए। उनीहरू शनिबार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए। आइतबार होटेलबाट निस्किएका उनीहरू सोमबार गगनगौंडामा भेटिएका हुन्।

‘प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन्। शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ’ उहाँले भन्रनुभयाे, ‘१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए। त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो।’

उनीहरु स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताउनुभयाे । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए ।

परिवारकै १६ जना केहीदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।