हेटौंडा-बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।
संसदीय दलमा आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ मत मात्रै परेको छ भने इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्। यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।
यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।







प्रतिक्रिया