अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुला सीमाका कारण निकासी पैठारीमा चुनौती: उद्योगमन्त्री भण्डारी

खुला सीमाका कारण निकासी पैठारीमा चुनौती: उद्योगमन्त्री भण्डारी


काठमाडौँ-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा चुनौती रहेको बताउनु भएकाे छ।

आज राजधानीमा आयोजित ‘३१ औँ कार्गो डे’लाई  सम्बोधन गर्दै उनले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजस्व समेत गुमिरहेको बताउनुभएकाे हाे। मन्त्री भण्डारीका अनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ।​

उद्योगमन्त्री भण्डारीले अब व्यवसायलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयाे। उहाँका अनुसार छिमेकी मुलुकहरूसँगको व्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ।​

उद्योगमन्त्री भण्डारीले भन्नुभयाे‚ ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र करोडौँ राजस्व गुमिरहेको छ। खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ। चोरी निकासीबाट भन्दा पछि अधिकतम रूपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटोबाट कसरी सामान भित्र्याउने भन्नेमा हामी लागिरहेका छौँ।’