अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री दाहालद्वारा गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको निरीक्षण (तस्बिरहरू)

मन्त्री दाहालद्वारा गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको निरीक्षण (तस्बिरहरू)


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको निरीक्षण गर्नु भएको छ।

मन्त्री दाहालसहितको टोलीले नेपाल-चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुल सम्म निरीक्षण गरेको हो। त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य  तीव्र पार्न निर्देशन दिनुभयो। नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै उहाँले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राख्नु भएको थियो।

रसुवाका प्रमुख जिल्ला अधिकारी  अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिनु भयो।

मितेरी पुल निर्माणको कार्य चिनिया पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिनु भयो। यस्तै  शुभ राज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भइरहेकोे जनाउनु भयो।