अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष शाहीको निधन

वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष शाहीको निधन


वीरेन्द्रनगर-वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ।

काठमाडौँको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा सुर्खेतकाे भेरीगंगा नगरपालिका-५, हर्रेनजिकै मंगलबार बिहान ११:३० बजे क्यान्सर रोगबाट पीडित अध्यक्ष शाहीको निधन भएको हाे। 

वडाध्यक्ष शाही एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। शाहीलाई पछिल्लो समयमा निमोनियाले पनि च्यापेको  आफन्तकाे भनाइ छ। 

यस्तै,  वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिने जनाएकाे छ। वीरेन्द्रनगर नगरपालिकाले शाहीको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ। 

लोकबहादुर शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।