उदयपुर-उदयपुरमा पछिल्लो समय नेकपा एमालेप्रति जनताको आकर्षण बढ्न थालेको छ। मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमाले बाहेक अन्य पार्टी बाट सम्भावना नरहे भन्दै पछिल्लो समय उदयपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा लगायतका पार्टी परित्याग गरी एमाले प्रवेशको लहर चलेको हो।
यही क्रममा जिल्लाको चौदण्डीगढी नगरपालिकामा मात्रै सात सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्।
मंगलबार जिल्लाको चौदण्डीगढी नगरपालिकामा ७२ जना एमाले प्रवेश गरेका छन्। नगरको वडा नम्बर ३ स्थित राजानागीमा ७२ जना स्थानीयहरुले माओवादी केन्द्र र काङ्ग्रेस परित्याग गरि एमाले रोजेका हुन् ।
उनीहरुलाई एमले केन्द्रीय सदस्य अम्बिका थापा, एमाले उपाध्यक्ष समेत रहेका नगर प्रमुख कालुमान लामा, सचीव टेकबहादुर राउत लगायतले पार्टीमा स्वागत गर्नु भएको थियो।
पछिल्लो समय एमाले प्रवेश गर्नेहरुले देशलाई समृद्धिको यात्रामा लैजाने भए देशमा एमालेको एकल सरकारको आवश्यकता रहेको भन्दै आफूहरु एमाले प्रवेश गरेको बताएका छन्।
उनीहरुले एमाले अध्यक्ष केपी ओलीले देखेको सपना पुरा गर्न आफुहरु एमाले प्रवेश गरेको बताउदै अब देश एमाले मय बनाउन आव्हान समेत गरे।







प्रतिक्रिया