अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह


नुवाकोट-आज बिहान तीन बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ। बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित ‘त्रिशूली-काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।