अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा: शङ्कर पोखरेल

राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा: शङ्कर पोखरेल


काठमाडौं-दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले बताउनु भएको छ।

बुधवार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एक घण्टा लामो प्रशिक्षणका क्रममा वहाँले यस्तो कुरा बताउनु भएको हो। 

राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफूले कुरा राखेको पनि महासचिव पोखरेलले बताउनु भएको छ। विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासचिव पोखरेलले बताउनुभएको छ।

विरोधका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन। तर वहाँमा त्यो धैर्यता देखिएन। 

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार उहाँ विद्या सम्मानित भएर बस्नुपर्छ भन्ने छ। पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णयलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतिको पालना गर्नुहुनेछ।

पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र  तथ्यहीन भएको वहाँले बताउनुभयो । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यता विशेषता विपरीत नभएको वहाँले बताउनुभयो । कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्नुहुँदै नेतृत्व रहस्यमय र अलौकिक पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्नुभयो ।

पहलकदमी, प्रतिस्पर्धाको नीतिलाई हामी अवलम्बन गरेका छौं, पार्टीको लोकतान्त्रिकरणको मूल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन वहाँले भन्नुभयो । महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुन्छ वहाँले भन्नुभयो ।