अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जानुहुँदै

प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जानुहुँदै


प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जानुहुने भएकाे छ। आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराउनु भएको हाे।

‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ। अस्ति भरखर पनि म स्पेन गएँ यिनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। शायद यही १८ गते।’

प्रधानमन्त्री ओलीले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको बताउनुभयाे ।

त्यस्तै प्रधानमन्त्री ओलीले विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको बताउनु भयाे ।