अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्: प्रधानमन्त्री ओली

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भनी साउन १५ को शुभकामना दिनुभएकाे छ।

आज साउन १५ को दिन नेपाली समाजमा खीर खाने चलन छ। यही सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा फेसबुकमा लेख्नुभएकाे छ, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गराउनु भएकाे छ । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएकाे छ।

‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।