काठमाडौं -सांसद दिपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही निर्वाचन क्षेत्र-३ को तयारीमा एमाले जुटेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ। निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेद्वारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाउनु भएको छ। महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेद्वार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ। पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेद्वार सिफारिसका लागि जानकारी गराउनेछ।
केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेद्वारको नाम पठाइसक्न निर्देशन गरिएको छ। मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा अधिकारीले बताउनुभयो। सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी हुनुभएको थियो।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रु निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।





प्रतिक्रिया