अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै


काठमाडौं-दूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्री शाहले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा (एमाले)ले ह्वीप जारी गरेको छ। सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन भनिएको छ ।