अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्छ: शंकर पोखरेल

विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्छ: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न नसकिने बताउनु भएको छ। 

बिहीबार राष्ट्रिय युवा संघ नेपालले साउन १५ का अवसरमा आयोजना गरेको खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो। 

‘सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न सकिँदैन’, महसचिव पोखरेलले भन्नुभयो, ‘त्यसअर्थमा विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्छ।’

महासचिव पोखरेलले बलियो राज्यका लागि राजनीतिक दलहरूलाई बलियो बनाउनुपर्ने र राजनीतिक दलहरूलाई बलियो बनाउन नीतिगत रूपमा राजनीतिक ध्रुवीकरणको अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।

महासचिव पोखरेलले नेकपा एमाले युवाहरूको उज्जल भविष्य सुनिश्चित गर्ने सामर्थ्य राख्ने पार्टी भएकैले युवाहरूको आकर्षण एमालेका बढेको बताउनुभयो। ‘अब नेकपा एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दिशामा अघि बढ्नुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो।