काठमाडाैं-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडककाे आपतकालीन पुन: स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरकाे अनुदान सहायता स्वीकार गर्ने निर्णय निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो।
राज्यकाेषबाट लगानी भएका प्रतिष्ठान, बाेर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धमा सुझावसहितकाे प्रतिवेदन पेश गर्न रामुप्रसाद डाेटेल, पर्वतकाे संयाेजकत्वमा, रमेशप्रसाद शिवाकाेटी, दाेलखा र चण्डीप्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णयसमेत भएकाे छ ।
निर्णयहरु








प्रतिक्रिया