अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ : सल्लाहकार परिषद् गठन

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ : सल्लाहकार परिषद् गठन


काठमाडौँ-नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटीले ५६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ। यसैगरी केन्द्रीय निर्वाचन आयोग र लेखा आयोग पनि गठन गरेको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा २०८२ साउन १५ गते बिहीबार एक कार्यक्रमबीच ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ५६ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको हो। यसैगरी, सुमन श्रेष्ठ अध्यक्ष रहने गरी लेखा आयोग गठन गरेको हो।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा एमाले पार्टी केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल प्रमुख अतिथि र महासङ्घका इन्चार्ज थम माया थापा मगर विशेष अतिथिमा सल्लाहकार परिषद्,  निर्वाचन आयोग र लेखा आयोग गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका महासचिव देवराज राईले जानकारी दिनुभयो।

कमिटीको गतिविधि र निर्णयमा समेत सल्लाह दिन ५६ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको महासचिव देवराज राईले बताउनुभयो।

एमाले पार्टी केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सल्लाहकार परिषद्, निर्वाचन आयोग र लेखा आयोगका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो। उपाध्यक्ष थापाले पार्टीको विधानमा भएको व्यवस्था अनुसार सल्लाहकार परिषद् गठन भएको भन्दै सल्लाहकार परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। उपाध्यक्ष थापाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको गतिविधि र निर्णयमा समेत सल्लाह दिन सकिने भएकोले गतिशील भएर काम गर्न सुझाव दिनुभयो।

हेनुहोस् सल्लाहकार परिषद्

निर्वाचन आयोग र लेखा आयोग