काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई आफैं पार्टी छाडेर जान भन्नुभएको छ । खनालले पार्टी अध्यक्ष माधव नेपालबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना नगरेको उहाँले बताउनुभयो ।
अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि खनालले आज पत्रकार सम्मेलन गरेर आफूले बोलेको विषयले पार्टीलाई असर गरेको भए पार्टी बैठक बोलाउन माग गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा खनालले भन्नुभयो , ‘उहाँले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ। उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ। नेताले छाड्छ। यही हो पार्टीको नेताको हैसियतरु मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ।’
खनालले अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिंड्न सुझाउनु भएको छ ।





प्रतिक्रिया