अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरको हनुमन्ते खोलामा बाढी,सतर्कता अपनाउन आग्रह

भक्तपुरको हनुमन्ते खोलामा बाढी,सतर्कता अपनाउन आग्रह


काठमाडौं – वर्षासँगै भक्तपुरस्थित हनुमन्ते खोलामा आज बिहान बाढी आएको छ । कौशलटारमा हनुमन्तेको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १८ बिहान १२ः२५ बजे । भक्तपुर जिल्लास्थित हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको हुँदा नदीतटीय क्षेत्रमा रहनुहुने र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।