अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि देशका विभिन्न भागमा भारी वर्षा हुने,मंगलबारबाट मौसममा सुधार हुने अनुमान

आज पनि देशका विभिन्न भागमा भारी वर्षा हुने,मंगलबारबाट मौसममा सुधार हुने अनुमान


काठमाडौं – देशका अधिकांश स्थानमा तीनदिन यता वर्षा जारी रहेको छ । गएराती समेत स्थानमा ‘भारी’ वर्षा समेत भएको छ । अझै दुई यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोली वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज कोसी र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

‘हल्का’देखि ‘मध्यम’ वर्षाको सम्भावना भने आज र भोली देशैभरी देशैभरि रहेको विभागले जनाएको छ । मंगलबारबाट वर्षा हुन कम हुँदै जाने विभागको पूर्वानुमान छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।