काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बनेका नेपालका रविन्द्र ढाँटलाई बधाई दिनुभएकाे छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा मार्फत एमएफएन च्याम्पियन रविन्द्रलाई शुभकामना दिनुभएकाे हाे।
‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’ प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।
गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रविन्द्र च्याम्पियन बनेका थिए । योसँगै रविन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।








प्रतिक्रिया