अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको जनसंगठनलाई निर्देशन: पार्टी नीति र निर्णयको आधारमा जनसंगठन चल्नुपर्छ

अध्यक्ष ओलीको जनसंगठनलाई निर्देशन: पार्टी नीति र निर्णयको आधारमा जनसंगठन चल्नुपर्छ


काठमाडौं-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिनुभएको छ।

शनिबार साँझ बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ।’

एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिनुभएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ।

बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ ।

बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ।