अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव हुने क्षेत्रका कमिटी कार्यकारी बनाऔं :युवा नेता गिरी

चुनाव हुने क्षेत्रका कमिटी कार्यकारी बनाऔं :युवा नेता गिरी



पोखरा – नेकपा एमाले  प्रदेश कमिटी सदस्य एवम् युवा नेता  विद्रोही गिरीले बिधान  संशोधन गरि चुनाव हुने क्षेत्रका कमिटीहरू कार्यकारी कमिटी बनाउनु पर्ने बताउनु भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथों पूर्ण बैठकमा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
अहिले भएको निर्वाचन क्षेत्रिय कमिटीहरूलाई कार्यकारी बनाऔं जिल्ला कमिटीलाई समन्वय बनाउनु पर्छ युवा नेता गिरीले भन्नुभयो   निर्वाचित  हुने क्षेत्रलाई नेताहरुले कार्यथलो बनाउदा पार्टी काम उठाउने परिस्थिति हुन्छ । एमाले ७ वटा भौगोलिक कमिटी अन्तरगतका सबै क्षेत्रहरुमा निर्वाचन हुन्छ । २ वटा गैह्र भौगोलिक क्षेत्र संसदस्य निर्वाच्न नहुने कमिटीहरु हुन् ।
उहाँले प्रदेश सरकार गठन भएको एक बर्षमा उपलब्धि र कामका बारेमा बैठकमा एजेन्डाका रूपमा आउनुपर्ने र समीक्षा हुन जरूरी भएको बताउनु भयो । पार्टी र संसदीय फाँट फरक हो जस्तो गरि गतिविधि चल्नु हुदैन त्यसले पार्टी र जन प्रतिनिधिहरू बीचको समन्वय देखिन्न ।  जन प्रतिनिधिले पार्टीले सहयोग नगरेको , पार्टी नेतृत्वलाई संसदीय मोर्चाले नटेरेको जस्तो देखिएको छ त्यो अन्त्य होस् उहाँले भन्नुभयो ।
बिचारमा एक रूपता भएपनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई वेवास्ता गरेर चल्दा कार्यकर्तामा उत्साह नभएकाले नेताहरू कमिटीगत प्रणालीमा चल्न  जरूरी भएको उहाँले बताउनुभयो । नियमित कामलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्यो ? समीक्षा होस् उहाँले भन्नुभयो   युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्ने कार्यक्रम तत्लो तहमा आएका छैनन । जनसंगठनलाई  कामकाजी बनाउन पर्छ । केन्द्रीय कमिटी  दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटीको आकार त्यसै गरि निर्माण  घटाउनु पर्नेमा उहाँको जोड थियो ।