अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ: प्रधानमन्त्री ओली

दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर जितेको बताउनु भएको छ। 

सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार काठमाडौँमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। 

प्रधानमन्त्री ओली भन्नुभयो, ‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ। कुनै प्रकारको अनफेयर चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ। न बल प्रयोग न धन प्रयोग, धन र बल प्रयोगबिना जितेको हुँ। रिस उठेर गाली गलौज गर्नु बेग्लै कुरा हो त्यो।’

प्रधानमन्त्री ओलीले २०४८ सालको निर्वाचनमा पैसा खर्च नगरी विजयी भएको स्मरण गराउनु भयो । त्यतिबेला पार्टीले निर्वाचन क्षेत्र झापा जान जम्मा दुई सय दिएको, त्यसमा पनि २० रुपैयाँ बचत गरेको उहाँले बताउनु भयो।