अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण: सभामुख घिमिरे

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताउनु भएको छ।

जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताउनु भएको हाे ।

आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खेलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसद्लाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताउनुभयो।

सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उहाँको भनाइ छ ।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायु सम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसँग परामर्श भएको उल्लेख गर्नुभयो ।

अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गर्नुभएको थियो भने नेपालको सङ्घीय संसद्को तर्फबाट ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुन सक्छ ?’ शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए।