अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीनजिकैको ऐनापहरा दुर्घटना

गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीनजिकैको ऐनापहरा दुर्घटना


काठमाडौं-गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। तनहुँको आँबुखैरेनीनजिकैको ऐनापहरा क्षेत्रमा ग २ ख १०७७  नम्बरको बस दुर्घटनामा परेको हो।

अपराह्न ४ बजेतिर ऐनापहारानजिकै सडकबाट बस १५ मिटर तल खसेको हो। आँबुखैरेनी प्रहरी कार्यालयका अनुसार बस अहिले भिरमा अड्किएको छ। 

बसमा कति जना सवार थिए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार बसमा सवारमध्ये ५ जनाको उद्धार गरिएको छ। ५ मध्ये २ जना गम्भीर घाइते भएको र उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।