काठमाडौँ-नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गर्न आग्रह गर्नुभएको हाे।
प्रमुख सचेतक घिमिरे घिमिले रास्वपा र राप्रपाको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिनुभयाे । यसबारे ध्यान पुर्याउन पनि सभामुख देवराज घिमिरेलाई उहाँले आग्रह गर्नुभयाे।
‘रास्वपा र राप्रपाले गोयवल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्छ। बन्द नगरिए संसद्को गरिमा रहने छैन,’ घिमिरेले भन्नुभयाे– ‘सम्पूर्ण सांसदहरू यसविरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्छ, यसबारे ध्यान दिनुहोला।’
रास्वपा र राप्रपाले यही विषय उठाएर ७० दिनदेखि आफ्नो कुरा राख्ने र संसद् बहिस्कार गर्दै हिँड्ने कार्यको विरोध गर्दै घिमिरेले बताउनुभयाे । उहाँले भिजिट भिसामा विदेश पुगेर नफर्केको कुनै सांसद नरहेको पनि बताउनुभयाे ।







प्रतिक्रिया