अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। 

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी थिए। 

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।