अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो


काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो।

ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो ।

एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो। उक्त क्षेत्रको भाषा परीक्षामा ५ हजार ३०० कोटा तोकिएको छ। जसमा ३ हजार ५ सय उत्पादनमूलक क्षेत्र, १ हजार ८ सय कृषि तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।

यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ।