अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस


 हेटौंडा-बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गर्नुभएकाे छ।

आज नेपाली कांग्रेस र नेकपा एमाले सर्मथनसहित नयाँ सरकार गठनको दाबी गर्नुभएको हाे। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गर्दै दाबी पत्र प्रदेश प्रमुखसमक्ष पेस गरिएको हो।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। 

प्रदेश प्रमुखले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। 

सोसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाउनु भएको हो।