अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे साेमबार साँझ सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सबै विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिनुभएकाे छ।

एक सन्देशमार्फत पूर्वराष्ट्रपति भण्डारीले विद्यार्थीसामु आएको यो सफलताको श्रेय उनीहरूको परिश्रम, लगनशीलता र आत्मविश्वासलाई दिँदै भविष्यमा अझ उत्कृष्ट अवसरहरूको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

पूर्वराष्ट्रपति भण्डारीले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई पनि सान्त्वना दिँदै असफलतालाई अन्त्य नभई नयाँ सुरुवातको अवसरका रूपमा लिन आह्वान गर्नुभयाे । ‘अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतले भविष्यमा सफल परिणाम हासिल गर्न सकिन्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयाे।

शिक्षा जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरूले ज्ञान, सीप र अनुशासनमार्फत आफ्नो जीवन उज्यालो बनाउने विश्वास पनि व्यक्त गर्नुभयाे।