काठमाडौं-नेकपा एमालेले बागमती प्रदेशमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ।
नेपाली कांग्रेसका प्रदेश नेता बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि आज कांग्रेसकै प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाउको हो।
एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।
बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् ।







प्रतिक्रिया