अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो


काठमाडौं-माछापुच्छ्रे बैंकको गत आर्थिका वर्ष २०८१/८२ मा खुद नाफा ९२ प्रतिशत बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९२.४४ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ पुगेको हो।

बैंकले अघिल्लो वर्ष १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, गत वर्षमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ गरेको छ भने अघिल्लो वर्ष ४ अर्ब ९८ करोड ८१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी पनी बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १६।५१ प्रतिशत बढको हो । बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ, सञ्चालन नाफा ९९.९१ प्रतिशत बढेर ३ अर्ब ३३ करोड २ लाख ३८ हजार रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी १८.१६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको लाभांश दिने क्षमता गत वर्षमा ९.२३ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ६ अर्ब ३१ करोड १० हजार रुपैयाँ रहेको छ ।