अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दीमा भूकम्पको धक्का

म्याग्दीमा भूकम्पको धक्का


काठमाडौं-म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।

गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो १ बजेर ३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो। केन्द्रकाअनुसार भूकम्पका कारण खासै क्षति भएको छैन।

भूकम्पको पराकम्प म्याग्दी, पर्वत, बागलुङसहितका जिल्लामा महसुस भएको थियो। 

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।