काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी,पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताउनुभयो। तातोपानी नाकाबाट प्रत्येक दिन आठरदश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको उहाँको भनाई थियो ।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरू पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ। चीनसँग आवश्यक रूपमा समन्वय गरेर ३०–३५ कन्टेनर नेपाल आउने वातावरण बनाउनका निम्ति सरकारको ध्यानाकर्षण गराउँछु।’







प्रतिक्रिया