अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान संशोधनको सुझाव माग्न गाउँ पस्दै कर्णाली एमाले

विधान संशोधनको सुझाव माग्न गाउँ पस्दै कर्णाली एमाले


सुर्खेत-नेकपा एमाले प्रदेश कमिटिको छैठौँ बैठक सोमबार सम्पन्न भएको छ। बैठकले नेकपा (एमाले)को अन्तर पार्टी निर्देशन-१२ अनुसार दृढताका साथ अघि बढने निर्णय गरेको पार्टी प्रचार तथा प्रसार विभाग प्रमुख रमेश बहादुर शाहीले जानकारी दिनुभयाे ।

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकले पारित गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रमुख शाहीले पार्टीको नवौं बैठकले पारीत गरेको निर्णय मातहतका सबै कमिटिमा लागू गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।

‘बैठकमा पार्टी केन्द्रिय कमिटीको को ९ औं बैठकबाट निर्णय भएको अपानी–१२ को जानकारी गराउने काम भयो। अपानीमा उल्लेखित निर्णहरु प्रदेश कमिटी, मातहत जिल्ला कमिटी र स्थानिय तहका कमिटीहरुले लागु गर्ने निर्णय सर्वसम्मतीले पारित भयो। बैठकमा विधान संशोधन सम्वन्धि मस्यौदाको अध्ययन र छलफल भयो।’ उहाँले भन्नुभयाे, ‘छलफलमा सहभागीहरुले सुझाव पेश गर्ने काम भयो साथै २०८२ साउन मसान्तसम्म १० वटै जिल्लाले बैठकहरु सम्पन्न गरी आधारभूत तहका कमिटीहरुमा मस्यौदा माथि छलफल गराइ उपलब्ध भएका सुझावहरु भाद्र ५ गते भित्र प्रदेश कार्यालयमा उपलब्ध गराउने र प्रदेश कार्यालयबाट २०८२ भाद्र १० गते भित्र केन्द्रिय कार्यालयमा पठाउने निर्णय भयो।’

यस्तै, नेकपा एमालेका पार्टी अध्यक्ष गुलावजंग शाहले डोल्पा जिल्लाका दुई वटा पालिका र प्रदेशका विभिन्न ४८ वटा वडा अधिवेशन गर्ने निर्णय गरिएको बताउनुभयाे ।
‘अधिवेशन हुन बाँकी रहेका पालिका वडाहरु कार्तिक भित्र र अवधि पुगेका जनसंगठनहरुको अबिधेशन २०८२ असोज भित्र सम्पन्न गर्ने निर्णय भएको छ।’ उहाँले भन्नुभयाे, ‘यसका साथै संगठन विभाग प्रमुख एवं प्रदेश पार्टी सचिव धुब्रकुमार शाहीले पेश गर्नुभएको पार्टीकोवार्षिक कार्यायोजना र वित्त विभाग प्रमुख एवं पार्टी उपाध्यक्ष कमरेड टेकराज पछाईबाट प्रस्तुत वार्षिक वजेट समेत सर्व सम्मतिले पारित भयो।’

प्रदेश कमिटि इन्चार्ज गोरख वोगटीले वैठकमा पार्टी आगामी २०८४ सालमा बहुमत ल्याउने गरी जनस्तरसम्म पुग्ने बताउनुभयाे।
‘हामी आगामी विधान महाधिवेशनका लागि स्थानीय तह, वडासम्म पुग्दै छौं। एमालेको विधान कस्तो बनाउने भन्ने बारेमा संगठित सदस्यहरुको सुझाव लिने काम हामी गर्दैछौं। यसबाट पार्टी गाउँ टोलमा केन्द्रीत हुने र पार्टीलाई आगामी २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउन सहज हुने अपेक्षा हामीले गरेका छौँ ।’ उहाँले भन्नुभयाे, ‘यो सँगै एमाले केन्द्र, प्रदेश सरकारले गरेका कामहरुका बारेमा पनि आम जनता, कार्यकर्तालाई सुसुचित गर्ने गरी अघि बढने तयारी हाम्रो छ।’